इस्लामिक स्टेटद्वारा सयौ सुन्नी आदिवासीको हत्या
काठमाडौं। इराकको अनबर प्रान्तमा इस्लामिक स्टेटले ३ सय २२ इराकी सुन्नी आदिवासीको हत्या गरेको इराकी सरकारले दावी गरेको छ । इराकको मानवाधिकार मन्त्रालयका अनुसार ५० वटा शव त एउटा कुवामा भेटिएको छ ।
यस्तै अल–बु निम्रका ६५ आदिवासी वेपत्ता छन् । आईएसले आइतवारमात्र उक्त आदिवासी क्षेत्रमा ५० जनालाई गोली हानी हत्या गरेको थियो । सुन्नी आतिवादी समूह आईएसले इराक र सिरियाको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण राखेको छ । आदिवासीसँग रहेका हतियारहरु पनि आईएसले लूटेको बताइएको छ ।
उता आदिवासी क्षेत्रका एक नेताले सरकारले आफूहरुलाई एक्लै आईएसको प्लेटमा छाडिदिएको भन्दै असन्तुष्टी जनाएका छन् । आफूहरुले सरकारसँग कयौंपल्ट हतियार मागेपनि नपाएको गुनासो उनको छ ।- एजेन्सी