मृत घोषित वृद्धा मुर्दाघरबाट जीवितै घर फर्केपछि…

२०७१ कार्तिक २९ गते, शनिबार


काठमाडौँ । पोल्याण्डमा ९१ वर्षकी एक वृद्धा महिलालाई मरेको ठानेर मुर्दाघरमा राखिएको थियो ।तर, उनी मुर्दाघरको कोल्डस्टोरेजमा ११ घण्टा बिताएर सकुशल घर फिरेकी छन् । अधिकारीहरुका अनुसार जानिना कोल्केभिचका निजी चिकित्सकले एउटा परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए । तर, उनी जीवित फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
यता यो सबै कुराबाट अन्जान कोल्केभिच भने हातमा तातो सुपको कचौरा लिएर आफूलाई तातो राख्ने कोशिसमा छिन् । पूर्वी पोल्याण्डको पुआस्ट्रो लुबेल्स्की क्षेत्रमा कोल्केभिचकी भतिजीले त्यतिबेला चिकित्सकलाई बोलाउनु पर्ने अवस्था आयो जब कोल्केभिचको पल्स र स्वासमा समस्या देखियो ।
चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरे । चिकित्सकले मृत्यु प्रमाणपत्रसमेत दिए । चिकित्सक भिसलाभा जेजले टेलिभिजन च्यानल टीभीपीसँग भने–म स्तब्ध छु, बुझ्नै सकेको छैन कि के भयो । उनको मुटुको धड्कन बन्द भइसकेको थियो । सास रोकिइसकेको थियो ।
वृद्धा महिलाको देह अन्तिम संस्कारका लागि मुर्दाघरको कोल्डस्टोरेजमा दुई दिनका लागि राखिएको थियो । मुर्दाघरका कर्मचारीले महिलाको शरीरमा हलचल महशुस गरेपछि यसको सूचना अधिकारीहरुलाई दिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु