काला युवकलाई गोली प्रहार गर्ने प्रहरीद्धारा राजीनामा
काठमाडौं । अमेरिकाको मिसौरी राज्यमा एक काला युवकलाई गोली प्रहार गर्ने प्रहरी अधिकृत ड्यारेन विल्सनले राजीनामा गरेका छन् । फर्गुशन शहरमा विल्सनले प्रहार गरेको गोली लागेर एक जना निहत्था काला युवक माईकल ब्राउन मारिएपछि अमेरिकाभर हंगामा मच्चिएको थियो ।
घटनाकै विषयमा केही महिनादेखि फर्गुशन र अन्य शहरमासमेत प्रदर्शन हुँदै आएको थियो । काला जातीका केही संघसंस्थाले त अमेरिकामा अझैपनि रंगभेद रहेको भन्दै विल्सनलाई कारवाही गर्न माग गरेका थिए ।
तर अदालतको एउटा ग्राण्ड जुरीले प्रहरी अधिकारी विल्सनमाथि कारवाही गर्न नपर्ने फैसला सुनाएपछि मुलुकभर झनै प्रदर्शन बढेको थियो ।
घटनापछि गत अगष्ट ९ देखि प्रशासनिक छुट्टीमा रहेका विल्सनले हालै राजीनामा दिएको उनका वकिलले बताएका छन् । राजीनामा दिएपनि विल्सनले आफूले अमेरीकी कानुन अनुसार कारवाही गर्दा ब्राउनको मृत्यु भएको दावी गरेका छन् ।- एजेन्सी