इराकी सेनामा भुत सैनिक आतंक

२०७१ मंसिर १५ गते, सोमबार

काठमाडौं। इश्लामिक स्टेट आइएस लडाकु विरुद्ध प्रभावकारी हुन नसकिरहेका बेला इराकी सेनामा भुत सैनिकको प्रकरण आतंकका रुपमा आएको छ । सेनाभित्रै नरहेका ५० हजार जनाको नाममा तलवभत्ता र राशनपानी छुट्याएर भ्रष्टाचार भएको सार्वजनिक भएपछि यो खुलासा भएको हो ।
विविसीका अनुसार मरेबाँचेको नै खुटखबर नभएका ५० हजार जनाको नाममा तलवभत्ता र राशनपानी उच्च सैन्य अधिकारीले बुझ्दै आएका थिए । केही युद्धमा मारिएका र केहीले सैनिक पेशा नै छोडिसकेको अनुमान गरिएका यी ५० हजार जना सैनिकलाई भुत सैनिक भनेर चिन्ने गरिन्छ । सैनिकभित्रको भ्रष्टाचार झनझन मौलाउँदै गएपछि इराकी प्रधानमन्त्री हैदर अल अबादीले अहिले ति सैनिकका नाममा छुट्टिदै आएको रकम बन्द गराउनुभएको छ ।
इराकी सेनाभित्रको बढ्दो भ्रष्टाचारका कारण इस्लामिक लडाकु आइएस विरुद्धको कारबाही पनि प्रभावकारी हुन नसकेको विश्लेषकहरुले बताउदै आएका छन् । र, इराकी प्रधानमन्त्री अबादीले पछिल्लो समय सेनाभित्रको भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम उठाइरहनुभएको समाचार संस्था एपिएफले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु