प्रदर्शनकारीलाई सडकमा नफर्कन चेतावनी

२०७१ मंसिर १६ गते, मंगलवार


काठमाडौं । हङकङका मूख्य कार्यकारी सी वाई लेउङले प्रदर्शनकारीहरुलाई फेरि सडकमा नफर्कन चेतावनी दिएका छन् ।हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिएलगत्तै सीले उक्त चेतावनी दिएका हुन् । प्रहरीको धैर्यलाई कमजोरी नठान्न उनको चेतावनी छ । पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई नियन्त्रण गर्न खोज्दा हङकङमा ठूलो झडप भएको थियो ।
प्रशासनिक भवनहरु रहेको क्षेत्रमा विद्यार्थीले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले खुर्सानीको धुलो, अश्रु ग्यास प्रयोग र निर्मम ढंगले कुटपीट गरेको भन्दै आलोचना भइरहेका बेला सीले यो चेतावनी दिएका हुन् ।
प्रदर्शनकै कारण सोमवार त्यहाँका सरकारी कार्यालय आंशिक रुपमा बन्द गर्नुप¥यो । अर्कातर्फ सरकारसँग परिणाममुखी वार्ताको माग गर्दै त्यहाँका प्रमुख विद्यार्थी नेता र अरु दुई जनाले भोक हड्ताल शुरु गरेका छन् ।
सन् २०१७ मा हुने निर्वाचनमा चीनले उम्मेदवार तोक्न नहुने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । स्वःस्फूर्त उम्मेदवारी दिन र नेता चुन्न पाउनुपर्ने विद्यार्थीको मागविरुद्ध रहेको चीन र मूख्य कार्यकारी, आन्दोलन जसरी पनि नियन्त्रण गर्ने पक्षमा लाग्दा हङकङमा बारम्बार झडप भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु