केन्यामा तीन दर्जन मजदूरको हत्या, गृहमन्त्री र सुरक्षाप्रमुख बर्खास्त
काठमाडौं । केन्याका राष्ट्रपति उहुरु कीनियाताले गृहमन्त्री र सुरक्षाप्रमुखलाई पदबाट बर्खास्त गरेका छन् । केन्यामा इस्लामिक आतिवादीले ३६ मजदूरको हत्या गरेलगत्तै उनीहरुलाई पदबाट बर्खास्त गरिएको हो ।केन्याको एक टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति कीनियाताले नरसंहार गर्ने आतंकवादीलाई ‘पागल जनावर’को संज्ञा दिँदै उनीहरुलाई कुनै हालतमा माफी नदिने बताए ।सम्बोधनमा उनले आतंकवादविरुद्ध एकजुट हुन केन्याली जनतालाई अपील समेत गरे ।
केन्याको उत्तरी कस्बे मांदेरामा आतंककवादी संगठन अल शबाबको हतियारधारी समूहले खानी मजदूरहरुको हत्या गरेको हो । खानी मजदुरमध्ये मुस्लिम र गैरमुस्लिमलाई अलग राखी इसाईहरुको हत्या गरिएको थियो ।यही समूहले गत साता एक बसमा सवार २८ जना गैरमुस्लिमको पनि हत्या गरेको थियो । – एजेन्सी