टेक्सस विश्वविद्यालयबाट एक सय वटा मानिसको ‘दिमाग’ गायव

२०७१ मंसिर १८ गते, बिहीबार


काठमाडौं । अमेरिकाको टेक्सस विश्वविद्यालयमा संग्रह गरेर राखिएको मानिसको दिमागको नमूनामध्ये करिब एक सय वटा चोरी भएको छ।
नमूना रेखदेख गर्ने कर्मचारीहरुले यो जानकारी दिएका हुन्। दिमागको यो नमूनामा चार्ल्स ह्वील्मैनको दिमागसमेत थियो । जसलाई सन् १९६६ मा १६ जनाले हत्या गरेका थिए ।
यसरी एकाएक दिमाग गायव हुनुमा केही विद्यार्थीको हात रहेको आशंका गरिएको छ । जसले फार्मैल्डिहाइड भरिएको जारमा राखिएको यो नमूना गायव गरे।
विश्वविद्यालयका कर्मचारीका अनुसार उनीहरु यो नोक्सानबाट निकै निराश छन् । त्यसैले उनीहरु चोरीको छानविनको तयारीमा जुटेका छन् । यो नमूनाहरु करिब तीस वर्षअघि अस्टिनको सरकारी अस्पतालबाट ल्याएर विश्वविद्यालयमा राखिएको थियो। ताकि सुरक्षित होस् । यो नमूना विश्वविद्यालयको बेसमेन्टमा राखिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु