चिनियाँ स्मार्टफोनमाथि भारतमा प्रतिबन्ध
काठमाडौँ । विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादकका रूपमा स्थापित चिनियाँ कम्पनी शाओमीलाई भारतमा बिक्री बितरण गर्न प्रतिबन्ध लगाइएको छ । दिल्लीस्थित उच्च अदालतले सोमबार शाओमीलाई आयात, बिक्रीबितरण र बिज्ञापन गर्न प्रतिबन्ध लगाउने आदेश दिएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । आफ्नो डिजाइन र प्याटेन्ट चोरेको भन्दै युरोपेली मोबाइल कम्पनी सोनी इरिक्सनले दायर गरेको मुद्दामाथि फैसला गर्दै दिल्ली उच्च अदालतले जिओमीको बिक्रीबितरणमाथि प्रतिबन्ध लगाएको हो । तर, यस्तो प्रतिबन्ध शाओमीका सवै सेटमा हो वा कुनै निश्चित मोडलका सेटमा मात्र लागू हुने भन्ने खुलाइएको छैन । शाओमीका भारतस्थित अधिकारीले भने यसबारे अनभिज्ञता प्रकट गरे । ‘अदालतको आदेशबारे हामीलाई कुनै जानकारी छैन, तर हाम्रा कानुन बिज्ञले स्थितिको अध्ययन गरिरहेका छन्’ उनले भने । कम्पनीका लागि भारत सवैभन्दा महत्वपूण बजार भन्दै उनले सोनी इरिक्सनसँग छलफल गरी बिबाद टुंगाउनसमेत तयार रहेको बताए । चीनमा सवैभन्दा लोकप्रिय शाओमी मोबाइलले एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल उत्पादन गर्दै आएको छ । निकै कम मूल्यमा उच्च क्षमताका मोबाइल बिक्री गर्दै आएको शाओमी स्थापना भएको तीन बर्षै झण्डै ३३ करोड थान मोबाइल बिक्री गर्दै सामसुङ र एप्पलपछि बिश्वको तेस्रो ठूलो मोबाइल उत्पादक बनेको छ । गत जुनमा मात्र भारतीय बजारमा प्रवेश गरेको शाओमीले यस अबधिमा निकै आक्रामक बजार विस्तार गर्यो । अक्टुवर महिनामा मात्रै उनले भारतमा ५ लाख सेट अनलाइनमार्फ् बिक्री गरेको छ । शाओमीमाथि दर्जजौं स्थापित ब्राण्डको डिजाइन चोरी गरेको आरोप लाग्ने गरेको छ । एप्पल, सामसुङलगायतका कम्पनीका डिजाइन नक्कल गरी निकै सस्तो मूल्यमा दिएपछि चीनमा जिओमी छोटो समयमा निकै लोकप्रिय बनेको छ । पश्चिमाको डिजाइन नक्कल गर्दा आन्तरिक बजारमा कुनै चुनौती भोग्नु नपरे पनि बिश्वबजारमा प्रवेश गर्नासाथ प्याटेन्ट र डिजाइनको स्वामित्वको लफडामा फसेको छ । जिओमीमाथि बिक्रीको झुटो बिबरण दिएर बजारलाई ठग्ने गरेको, कृतिम अभाव सिर्जना गरेर बजारमा लोकप्रिय देखाउने कोसिस गरेको जस्ता अरोप पनि लाग्दै आएका छन् । शाओमीले केही समयभित्रै नेपालमा पनि बिक्री बितरण गर्ने तयारी गरिरहेको छ ।