विद्युत् महसुल नतिर्दा मन्त्री पद नै गुम्यो

२०७१ पुष ४ गते, शुक्रबार

काठमाडौ । दक्षिण–पूर्वी युरोपेली मुलुक आल्बानियाका वातावरण सहायकमन्त्री डायना बेज्कोलाई विद्युत महसुल नतिरेको आरोपमा प्रधानमन्त्री एडी रामाले बर्खास्त गरेका छन् ।सहायकमन्त्री बज्कोले कयौं महिनासम्म विद्युत् महसरलको बिल भुक्तानी गरेकी थिइनन् । उत्तर–पश्चिम आल्बानियाको भेलीपोजा समुन्द्री किनारस्थित उनको दोस्रो घरमा खपत भएको विद्युत् आपूर्ति महसुल बिल बक्यौता रहेको विद्युत् वितरण निकाय (ओएसएचइई) ले पत्ता लगाएको थियो ।
उक्त विद्युत् महसुलको रकम धेरै ठूलो नभए तापनि सरकार प्रमुखलाई कारबाही गर्नबाट रोक्न सकेन । यसलाई त्यहाँ एक उदाहरणीय कदम मानिएको र मुलुकमा सबै बराबर भन्ने सन्देश गएको छ ।
प्रधानमन्त्री रामाले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा सार्वजनिक उच्च पदमा रहेकाले विद्युत महसुल भुक्तानी नगरेको सम्बन्धमा कुनै न्यायिक कारण नभएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु