विरामीसँग सेल्फी खिच्दा जागिर चट्
काठमाडौँ । चीनको शांग्सी प्रान्तको एउटा अस्पतालको अपरेशनका क्रममा विरामीसँग सेल्फी लिने एक दर्जन बढी चिकित्सकलाई कारबाही गरिएको छ ।शियान सहरको स्वास्थ्य ब्युरोका अनुसार सेल्फी खिच्ने तीन चिकित्सकलाई पदबाट बर्खास्त गरिएको । बाँकी चिकित्सकलाई प्रशासनिक चेतावनी दिइएको छ ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको लोकप्रिय मोबाइल एप ‘वीच्याट’मा खुब शेयर गरिएको चिकित्सकले विरामीसँग खिचेको शेल्फी प्रति आक्रोश बढेको थियो ।तस्वीरमा अपरेशन थियटरभित्र अचेत अवस्थामा रहेका विरामीका अगाडि चिकित्सकहरु मुस्कुराउँदै देखिएका छन् ।
ब्युरोले गरेको छानविनमा यो तस्वीर शियानको फेंगचेंग अस्पतालको पुरानो थियटरमा १५ अगस्तमा लिइएको खुलासा भएको थियो । चिकित्सकहरुले यो अपरेशन थियटरमा अन्तिम स्मृतिका लागि यो तस्वीर लिएका थिए । ब्युरोले अस्पतालका निर्देशकविरुद्ध पनि प्रशासनिक अनुशासनात्मक कारबाही गर्दै जरिवाना भराएको छ । – एजेन्सी