वेपत्ता एयर एसियाको विमान खोजी कार्य जारी

२०७१ पुष १४ गते, सोमबार

काठमाडौं । १ सय ६२ यात्रुसहित इन्डोनेसियाको जाभा समुद्र माथिको आकाशबाट वेपत्ता एयर एशीयाको विमानको खोजीकार्य आज बिहानैदेखि फेरी सुचालु भएको छ । हिजो बिहान ईन्डोनेसियाको सुराबाया शहरबाट सिंगापुरका लागि उडेको विमान जाभा समुद्र माथिको आकाशबाट वेपत्ता भएको आशंका गरिएको छ ।
हिजो दिनभर गरिएको खोजी प्रयास असफल भएपछि रातभर खोजीकार्य स्थगन गरिएको थियो । तर आज बिहानैदेखि खोजी कार्य सुचालु गरिएको ईन्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।
चालक दलका सातसमेत एक सय ६२ जना रहेको विमान मौसम खराबीका कारण सम्पर्कविहीन भएको आशंका गरिएको छ । सम्पर्क विच्छेद हुनुअघि एयरबस ए थ्रि ट्वेन्टी विमानले मार्ग परिवर्तनका लागि अनुमति मागेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु