सिरियामा सन् २०१४ निकै खतरनाक

२०७१ पुष १८ गते, शुक्रबार

काठमाडौँ । द्धन्द्धग्रस्त सिरियामा सन् २०१४ निकै खतरनाक मानिएको छ । द्धन्द्धका कारण त्यहाँ ७६ हजार जना भन्दा धेरैले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २५ प्रतिशत सर्वसाधारण भएका सिरियाको मानवअधिकार क्षेत्रमा काम गर्ने दी सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।
द्धन्द्धमा परी ३ हजार भन्दा धेरै बालबालिकाले ज्यान गुमाएका विविसीले जनाएको छ । दी सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार अरु मारिनेमा सरकारी सेना, विद्रोही लडाकु छन् । सिरियामा ३० लाख भन्दा धेरै जना विस्थापित भएका छन् । जुन दोस्रो विश्व युद्ध पछिकै सबैभन्दा धेरै हो ।
युद्धका कारण सिरियामा विस्थापित हुनेको संख्या अझै बढ्दै गएको छ । सन् २०११ मा राष्ट्रपति बसर अल असद विरुद्ध सुरु भएको प्रदर्शन अहिले चर्कदै गृह युद्धमा परिणत भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु