पाकिस्तानमा चालकरहित विमानवाट आक्रमण

२०७१ पुष २१ गते, सोमबार

काठमाडौ । पाकिस्तानको सघँै अशान्त भइरहने उत्तर वाजिरिस्तानको आदिवासी इलाकामा आइतबार तालिवानी विद्रोही समूहलाई लक्षित गरी एक अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा ६ विद्रोहीको मृत्यु भएको छ ।
अफगानिस्तानको सीमानजिकै सो आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । सो ड्रोन आक्रमण तालिवानीका सेनापति हाफिज गुलबहादुर र साथैसाथ उत्तरी वाजिरिस्तानस्थित रहेको एक उज्बेक कमाण्डरको शिविर लक्षित रहेको जनाइएको छ ।
उत्तरी वाजिरिस्तानको आल्वारा मान्दीस्थित एक परिसर र एक सवारी साधनलाई लक्ष्यगरी गरिएको दुईवटा क्षेप्यास्त्र प्रहारमा ६ विद्रोहीको मृत्यु भएको एक वरिष्ठ सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई बताएका छन् ।
सो इलाकामा सन् २००० को सुरुदेखि नै अलकायदा र तालिवानी विद्रोहीहरुको सञ्जालको बलियो प्रभाव रहँदै आएको छ ।
गत डिसेम्बर १६ मा पाकिस्तान पेसावरस्थित रहेको एक सैनिक विद्यालयमा तालिवानी विद्रोही समूहले गरेको भीषण हत्या काण्डपछि यो पहिलो अमेरिकी ड्रोन आक्रमण भएको बताइएको छ ।
उक्त हत्या काण्डमा १३४ जना विद्यालयका बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो । गत जुनदेखि पाकिस्तानी सैनिकले उत्तरी वाजिरिस्तानमा अल कायदा र तालिवान बलियो प्रभाव रहेको क्षेत्रमा सुरु गरेको भीषण कारबाहीमा एकहजार ७०० भन्दा बढी विद्रोहीको मृत्यु भएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।सो कारबाहीको क्रममा १२६ जना सैनिकले पनि ज्यान गुमाएका उक्त स्रोतले प्रष्ट पारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु