क्रोयशियामा महिला राष्ट्रपति चयन

२०७१ पुष २८ गते, सोमबार

काठमाडौ । क्रोयशियामा पहिलो पटक महिला राष्ट्रपति बनेकी छिन् । राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाबीच विपक्षी कोलिन्दा ग्र्याबर किटारोभिक पहिलो राष्ट्रपति बन्न सफल हुनु भएको हो ।
पूर्व विदेश मन्त्री कोलिन्दाले ५० प्रतिशत भन्दा बढी मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ईवो जोसीपोभिकले ४९ दशमलब ५ प्रतिशत मतपाउनु भएको बिबिसीले जनाएको छ ।
६ वर्षदेखि सत्तामा रहेको वामपन्थी गठबन्धनको असफतलासंगै क्रोयशिया दक्षिणपन्थी विचारधारामा अगाडी बढेको विश्लेषण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु