विषाक्त रक्सी खादा १४ जनाको ज्यान गयो
काठमाडौं । भारतको उत्तरप्रदेशमा विषाक्त रक्सी सेवन गर्दा १४ जनाको ज्यान गएको छ । एकसय भन्दा धेरै विरामी भएका छन् । लखनउको छिमेकी जिल्ला उन्नावमा विषाक्त रक्सी खाँदा यस्तो घटना भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अुमान गरिएको छ । विषाक्त रक्सीको कारोबार भैरहँदा पनि लापरबाही गरेको भन्दै त्यहाँको सरकारले भन्सार विभागका १३ जना कर्मचारीलाई निलम्बन गरेको छ भने भन्सार प्रमुखलाई कार्वाही गर्न सिफारिस गरेको छ