भारतीय केन्द्रीय मन्त्रीलाई एक वर्ष जेल सजाय
काठमाडौं । भारतीय केन्द्रीय मन्त्री मुख्तर अब्बास नकबीलाई त्यहाँस्थित एक अदालतले एक वर्ष जेल सजाय सुनाएको छ ।
भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका अल्पसंख्यक मामिलाका केन्द्रीय मन्त्री नकबीसहति १४ जनालाई सन् २००९ मा चुनावका क्रममा आचारसंहिता उलंघन गरेको ठहर गर्दै सो सजाय सुनाएको हो टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ ।
रामपुर अदालतले नकबीसहित १४ जनाले सन् २००९ मा भएको लोकसभा चुनावका क्रममा धारा १४४ को उलंघनमा दोषी ठहर गर्दै सजाय सुनाएपछि उनलाई हिरासतमा लिइएको छ ।
घटनामा दोषी ठहर नकबीसहितलाई न्यायिक हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् । अदालते चुनावका क्रममा बाटो नै बन्द गरेर नकबीले आमसभा गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो ।
त्यो बेला चुनावी आचारसंहिता लागू भएको थियो । अदालतले सुनाएको फैसलाप्रति नकबीलाई उच्च अदालतमा अपिल गर्ने अधिकार भने पाउने भएका छन् ।