चिनियाँ राष्ट्रपतिको तलब ६२ प्रतिशत बढ्यो
काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ ।
साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् । सन् २००६ यता सरकारी कर्मचारीको तलब बढेको थिएन ।
राष्ट्रपति सि को बेसिक मासिक तलब ७ हजार २० युआनबाट बढेर ११ हजार ३ सय ८५ युआन (१ हजार ८ सय ३२ अमेरिकी डलर ) पुगेको सरकारी अखबार चाइना डेलीले जनाएको छ ।
चीनका सबैभन्दा निम्न स्तरका सरकारी कर्मचारीको तलब दोब्बरभन्दा बढी वृद्धि भएको छ । तलब बढेपछि उब उनीहरुले मासिक १ हजार ३ सय २० युआन पाउनेछन् ।