ओबामाले भारतीय नागरिकलाई सम्बोधन गर्ने

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौं, १३ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय समय अनुसार बेलुकी आठ बजे अल इन्डिया रेडियोबाट दुवै जनाले सम्बोधन गर्ने तयारी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
मंगलबार नै राष्ट्रपति ओबामाले नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीसँग पनि भेट्ने कार्यक्रम छ । तीनदिने भारत भ्रमणमा अस्ति आएका अमेरिकी राष्ट्रपति ओबामाले आज सिरी फोर्ट अडियोटोरियममा भाषण गर्नेछन ।
भारत भ्रमण सकेर उहाँ पत्नी मिसेलका साथमा साउदी अरब जानुहुनेछ । उहाँले त्यहाँ नयाँ राजा सलमान बिन अब्दुल अजिज बिन साउदसँग दुर्रइ पक्षीय हितको सम्बन्धमा छलफल गर्ने बिबिसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु