पाइलट पुजापाठमा लागेपछि…
काठमाडौँ । पछिल्लो समय भारतीय विमान सेवा एयर इण्डिया समाचार बन्दै आएको छ। तर, यसपटकको खबर निकै रोचक छ ।
इयर इण्डियाका एक पाइलट पाइलट भगवान शिवको पुजा गर्न गएका कारण विमान पाँच घण्टा ढिला उडेको छ। भगवान शिवको पुजा गर्न मन्दिर पुगेका पाइलट भिडमा फसेपछि विमान उड्न पाँच घण्टा ढिला भएको हो ।
भारतीय संचार माध्यमहरुका अनुसार दिल्लीबाट मुम्बईका लागि जाने एयर इन्डियाको मंगलबार तीन घण्टा लेट भयो । त्यो पनि यसकारण कि पाइलट शिवरात्रीका दिन शिव पुजा गर्न गएका थिए । यात्रीहरुले संचार माध्यमलाई बताएअनुसार उडानको समय ९ बजे थियो, उनीहरुलाई कुनै सूचना नदिएका कारण यात्री विमानमै बस्न बाध्य भए । विमानमा यात्रीले टनाटन भरिए पनि उडेन । उनीहरुले सोधखोज गरे । तर ककपिटमा पाइलट नै थिइनन् । ११.४० बजे पाइलट विमानमा आए । त्यसपछि विमान रेनवेमा खडा भयो । तर विमानले उडान भने १.४५ मा माघ भयो ।
एयर इन्डियाको नियमअनुसार बिलम्ब गर्ने पाइलटलाई जरिवाना गर्ने व्यवस्था छ। हरेक एक घण्टाको बिलम्बका लागि उनीहरुलाई ५०० रुपैयाँ जरिवाना लगाउने गरिन्छ । यस नियमअनुसार दुवै पाइलटले १८ हजार जरिवाना तिर्नुपर्ने हुन्छ । तर अन्य बेलाजस्तै एयर इण्डियाले यो घटनामा पनि मौनता साँधेको छ।
यसअघि समयमै आएका यात्रुलाई पनि नउडाएर खबर शिर्ष बनेको एयर इण्डिया एक साता नबित्दै दोस्रो खबर शीर्षक बनेको छ। एजेन्सी