मोदीको ‘सुट’ सात लाख अमेरिकी डलरमा विक्री
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गृहराज्यका एक हिरा व्यापारीले मोदीको नाम मसिनो धर्काेको रूपमा छापिएको ‘सुट’ परोपकार कार्यका लागि दान दिने उद्देश्यले आयोजना गरिएको लिलाम बढाबढमा सात लाख अमेरिकी डलरमा किन्ने अन्तिम बोल लगाएका छन् । प्रधानमन्त्री मोदीले उक्त सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटमा लगाएक थिए । एउटै मात्र तयार गरिएको उक्त ऊनको ‘सुट’ मा नरेन्द्र दामोदरदास मोदी भन्ने शब्द छापिएका छन् । तीन दिने लिलाम बढाबढमा यो ‘सुट’ सबैभन्दा चर्चाको विषय बनेको थियो । यसैले यसलाई खरिद गर्न होडबाजी चलेको थियो भने चार करोड ३१ लाख भारतीय रूपैयाँ अर्थात छ लाख ९२ हजार अमेरिकी डलरमा यसलाई बिक्री गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री मोदीको गृहराज्यको सुरत नगरमा यस ‘सुट’ का साथमा अन्य ४५० भन्दा बढी सामग्री राखिएका थिए ।
प्रधानमन्त्री मोदीले कहिलेकाँही फेसन डिजाइनरले तयार गरेको पोसाक लगाउछन् र उनी फेसन चिन्हको रूपमा पनि परिचित छन् । प्रधानमन्त्री मोदीले आफ्नै नाम लेखिएको सुट लगाउनुलाई भने भिन्न रूपमा लिइएको छ । यसका कारण उनमा अहङ्कार बढेको आरोप लगाइएको छ । सम्भवत प्रधानमन्त्री मोदीले यसै कारण पनि यो ‘सुट’ बिक्री गर्ने निर्णय गरेका थिए । यस लिलाम बढाबढबाट उठेको रकम गङ्गा नदी सफा गर्न प्रयोग गरिनेछ । यो परियोजना पनि हिन्दु राष्ट्रवादी प्रधानमन्त्री मोदीले तयार गरेका हुन् ।
धर्मानन्दन हिरा कम्पनीका मालिक लालजी पटेलले उक्त ‘सुट’ का लागि अन्तिम बोल लगाएक हुन् । उनले आपूmले मुलुकलाई केही गर्न चाहेको बताए ।
उनले आपूmले ‘सुट’ खरिद गर्न चाहेको बताउँदै यो रकम धार्मिक नदीको सफाइमा खर्च हुन्छ भन्ने थाहा पाउँदा आपूmलाई खुसी लागेको बताए । – एजेन्सी