रेल दुर्घटनामा ३० जनाको मृत्यु, दर्जनौ घाइते

२०७१ चैत्र ६ गते, शुक्रबार

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रायबरेली नजिक एउटा यात्रुबाहक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले डिभिजनल कमिश्नर महेश गुप्तालाई उधृत गर्दै घटनामा ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ।
लखनउस्थित बरिष्ठ पत्रकार अतुल चन्द्राका अनुसार भिडिजनल कमर्शियल म्यानेजर आश्विनी श्रीवास्तवले दुर्घटनामा ४० जना घाइते भएको बताएका छन् ।
दुर्घटजनामा गम्भीर घाइते भएकाहरुलाई लखनउ मेडिकल कलेजमा भर्ना गरिएको छ। यसअघि रेल राज्यमन्त्री मनोज सिन्हालाई उधृत गर्दै समाचार एजेन्सी एपीले शुक्रबार बिहान देहरादुन–वाराणसी यात्रुबाहक ट्रेनको तीन डिब्बा बछरावन गाउँ नजिकै खसेको जनाएको थियो ।
दुर्घटनाग्रस्त डिब्बामा फसेकाहरुलाई स्थानीयबासी, प्रहरी र रेल्वे सुरक्षा बलका जवानहरुले उद्दार गरेका थिए । अल इण्डिया रेडियोका अनुसार रेल राज्यमन्त्री मनोज सिन्हाले दुर्घटनाको छानविन गर्न निर्देशन दिएका छन् । एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु