बम विष्फोटवाट १ सय ३७ को मृत्यु
काठमाडौं, ७ चैत। यमनमा आत्मघाती बम विष्फोटमा ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । धेरै घाइते भएका छन् । शिया धर्माबलम्बीले प्रार्थना गरिरहेका बेला राजधानी सनाका दुईवटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १ सय ३७ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।
इराक र सिरियाको ठूलो भूभागमा नियन्त्रण जमाएको विद्रोही समुह इस्लामिक स्टेट आइएसले हमलाको जिम्मा लिएको छ । आइएसले गएको नोभेम्बरमा सानामा स्थानीय शाखा स्थापना गरेको घोषणा गरेपछि विस्तारै आफ्नो प्रभाव बढाउँदै लगेको छ ।
दक्षिणी शहर एडनमा राष्ट्रपति अब्दरअबु मनसुर हादी समर्थक सैन्य र उहाँका पूर्ववर्ती अली अब्दुल सलेह समर्थक सैन्यबीच हिंसात्मक भिडन्त भएको एक दिनपछि यी बम हमला भएका हुन् ।