अमेरिकी सैनिकलाई अनलाइन धम्की

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौं । अमेरिकी सैनिकलाई इस्लामिक स्टेट आइएसको अनलाइन धम्की आउन थालेको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार एक सय भन्दा बढी अमेरीकी सैनिकलाई आइएसले अनलाइनमार्फत धम्काउन थालेको हो । तर पेन्टागनको एक उच्च अधिकारीका अनुसार यस घटनाको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
आइएसले एक अनलाइनमार्फत अमेरिकी सेनाको नाम, ठेगाना र परिवारको विवरणसहित धम्की दिएको हो । आएइसले जारी गरेको विवरणमा संलग्न सैनिक आइएसविरुद्ध लडाईमा रहेको दावी गरिएको छ।
विवरणमा आईएसले एक सय बढी अमेरिकी सेनाको सूची समावेश गरेको बताइएको छ। अमेरिकी अधिकारीहरुले यस विषयमा सम्बन्धित परिवारलाई जानकारी गराइएको बताएको छ।
अमेरिकी आधिकारीक नेटवर्क एबीसीका अनुसार यो घटनाको बारेमा अनुसन्धान भइरहेको र छिटै सत्य तथ्य घटना बाहिर ल्याइनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु