आगलागीमा परेर सात बालबालिकाको ज्यान गयो

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौँ । न्युयोर्कको ब्रुकलिन क्षेत्रस्थित एक घरमा आगो लाग्दा सात जना बालबालिका जलेर मरेका छन् । फायर कमिश्नर डेनियल निगरोका अनुसार मध्यरातमा लागेको आगोमा जलेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका छन्।
डेनियलले भने–विगत सात वर्षमा सहरमा यो आगोका कारण भएको सबैभन्दा ठुलो दुर्घटना हो । उनका अनुसार यो घटना पीडित परिवार समुदाय र पूरै सहरका लागि सबैभन्दा ठुलो दुर्घटना हो ।
उनका अनुसार पुरै परिवार घरको माथिल्लो तलामा थियो । आगो सिढीसम्म पुगिसकेको थियो । यस्तो अवस्थामा उनीहरुसँग तल झर्ने कुनै उपाय थिएन ।
डेनिलले घरमा आगोको सूचना दिने स्मोक डिटेक्टर नरहेको बताए । उनका अनुसार एक बच्चा र महिलाले भने झ्यालबाट हामफालेर ज्यान बचाएका छन्। उनीहरु पनि गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा गम्भीर हालतमा उपचार भइरहेको बताइएको छ।
भान्सामा रहेको एउटा हट प्लेटमा आएको खराबीका कारण आगलागी भएको फायर डिपार्टमेन्टका प्रवक्ता जिम लन्गले बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु