भारतको संसद भवनमा भीषण आगलागी
काठमाडौं । नयाँ दिल्लीस्थित भारतीय संसद भवन परिसरमा आइतबार दिउँसो भीषण आगलागी भएको छ । आगो फैलिएपछि संसद भवन रहेको क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएको छ । आगो लागेपछि संसद भवन क्षेत्रको पूरै इलाकालार्इ खाली गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संसद भवन क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएकाले आगो भीषण रहेको अनुमान गरिएको छ ।आगो फैलिएपछि घटनास्थलमा ५ वटा अग्निनियन्त्रक गाडी समेत पुगिसकेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आगो एसी प्लान्ट राखिएको स्थनाबाट फैलिएको हो ।आइतबार भएकाले संसद भवन भित्र थोरैमात्र मानिस रहेको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । – एजेन्सी