जम्मुकश्मिरमा भिषण बाढीपहिरो
काठमाडौँ । जम्मुकश्मिरमा भारी वर्षपछि आएको बाढीले ठूलो जनधनको क्षति पु-याएको छ । वर्षपछि आएको बाढीले यहाँका १८ घर बगाएको छ भने २१ जना मानिस अहिलेसम्म सम्पर्क बाहिर रहेका छन् । त्यस्तै विभिन्न ठाउँमा घरहरु डुबानमा परेको समचार आइरहेको समचार संस्था बिबिसीले जनाएको छ ।
सरकारले अहिले त्यस क्षेत्रलाई बाढीग्रस्त क्षेत्र घोषणा गरेको छ ।
पछिल्लो २४ घण्टादेखि त्यहाँ निरन्तर वर्षा भइरहेको छ । सरकारले नदि किनाराका मानिसलाईै सुरक्षित स्थानमा लगेको छ भने अन्य षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
पहिरोका कारण श्रीनगरदेखि जम्मुकश्मिरसम्मकोबाटो पुरै अवरुद्ध भएको छ । कश्मिर सरकारले त्यहाँ चलिरहेको स्कुलको परीक्षा स्थगित गर्दै दुई दिनका लागि स्कुल छुट्टी दिएको छ । बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जनाइएको छ । वर्षा अहिले पनि जारी रहेको छ । गतवर्ष सेप्टेम्बरमा आएको बाढीले त्यस क्षेत्रमा सयौंको ज्यान जानुका साथै जनधजमा ठूलो क्षति पु-याएको थियो ।