यमनको शरणार्थी शिविरमा हवाई आक्रमण

२०७१ चैत्र १७ गते, मंगलवार

काठमाडौं, १७ चैत । यमनमा एक शरणार्थी शिविरमा गरिएको हवाई आक्रमणमा ४० जना मारिएका छन् । सहायताकर्मीका अनुसार उत्तरपश्चिमी यमनमास्थित अल मार्जाक शिविरमा गरिएको आक्रमणमा दुई सय व्यक्ति घाइते भएका छन् ।
घटनाप्रति साउदी सरकार र हुथी विद्रोहीले एकार्कामाथि दोष थोपरेका छन् ।सरकारी मिडियाले साउदी विमानले आक्रमण गरेको जनाएको छ भने यमनी विदेश मन्त्रीले घटना हुथी विद्रोहीले गराएको आरोप लगाएका छन् ।
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले हुथी विद्रोहीद्वारा अपदस्थ यमनी राष्ट्रपति अब्दाबुह मन्सूर हादीको समर्थनमा लगातार हवाई आक्रमण गरिरहेको छ ।
पछिल्लो आक्रमण सानास्थिति हतियार केन्द्रमै गरिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु