अदालतमा गोली चल्यो , तीन जनाको हत्या

२०७१ चैत्र २७ गते, शुक्रबार

काठमाडौं, २७ चैत । इटालीको मिलान शहरमा रहेको एउटा अदालतमा बन्दुधकारीले गोली हानी तीन जनाको हत्या गरेका छन् ।
मिलानको प्यालेस अफ जस्टिस अदालतमा प्रवेश गरेको बन्दुकधारी क्लाउडियो जियार्डेलो तीन जनाको हत्या गरेपछि मोटरसाईकल चढेर भागेका थिए ।
तर यसको केही समय बित्न नपाँउदै घटनास्थलबाट २५ किलोमिटर टाढाको अर्को शहर मोन्जा नजिकबाट ती बन्दुकधारी पक्राउ परेका छन् ।
प्रहरीले ती बन्दुकधारी मिलानको एउटा बैंक लुटपाटको घटनामा मुद्दा खेपीरहेको संदिग्ध अपराधि भएको बताएको छ । घटनापछि उक्त शहरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
अत्यन्तै कडा सुरक्षा व्यवस्था रहनुपर्ने अदालतभित्र बन्दुकसहित प्रवेश गरेर अपराधिले तीन जनाको हत्या गरेर फरार हुँदासमेत सुरक्षाकर्मीले केही गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भएको हो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]