अल शबावको आक्रमणमा १७ मारिए

२०७२ बैशाख २ गते, बुधबार

काठमाडौं, २ वैशाख । सोमालियाको राजधानी मोगादिशुस्थित उच्च शिक्षा मन्त्रालयमा अल शबाब चरमपन्थी संगठनले गरेको आक्रमणमा १७ जना मारिएका छन् । यो राजधानी मोगादिशुको सबैभन्दा भिडभाडयुक्त क्षेत्र हो । मारिनेमा शिक्षा मन्त्रालयका महासचिव, सुरक्षा निर्देशक र कयौ सरकारी अधिकारी रहेको बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार आत्मघाती आक्रमणकारीले विष्फोटले भरिएको एउटा कार मन्त्रालयको भित्तामा ठोक्काएर आक्रमणकारी भवनभित्र छिरेका थिए । घटनाको अल शबाबले जिम्मेवारी लिएको छ। यता सरकारी अधिकारीहरुले अहिले मन्त्रालय परिसर सुरक्षित रहेको दावी गरेको छ। तर, घटनास्थलमा गोली चलेको आवाज र एम्बुलेन्सको साइरन बज्न जारी रहेको बीबीसीले जनाएको छ। कतिपय घाइतेको उद्धार गरिएको छ। मन्त्रालय परिसर नजिकै सडकमा सार्वजनिक यातायातमा रहेका यात्रु आफू सवार साधन छाडेर भागेका छन् । अल कायदासँग सम्बन्धित अल शबाब विद्रोहीले यसअघि पनि सुरक्षित मानिएका भवनहरुमा आक्रमण गर्न कार बम प्रयोग गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]