राष्ट्रिय सुरक्षाबलको कारबाहीमा १८ तालिवान मारिए
काठमाडौ, ९ बैशाख । अफगानिस्तानमा तालिवान आतङ्ककारी समूहले जारी राखेका विभिन्न हिंसाजन्य क्रियाकलापको कारण अशान्त भएका कयौं प्रान्तहरुमा अफगान राष्ट्रिय सुरक्षाबल [एएनएसएफ]गरेको कारबाहीमा परी १८ तालिवानी मारिएका छन् । अफगान गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म २४ घण्टा जारी रहेको यस कारबाहीको क्रममा १८ तालिवानी मारिनुको साथै अन्य १३ जना घाइते भएका र दुई पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको कुनार, नान्गार्हार, लाघमान, पार्वान समान्गान जावजान, जावुल, वार्दाक, लोगार, हेरात र हेलमान्ड प्रान्तमा सो कारबाही जारी रहेको बताइएको छ ।
जारी कारबाहीको क्रममा पाँच सडक किनारमा योजना गरेको बमलगायत अन्य हातहतियारहरु कब्जा गरिएको बताइएको छ । यस कारबाहीमा प्रहरीतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
गत जनवरीमा अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसकेका र त्यहाँ बाँकी रहेका करिब १० हजार नेटो सैनिकले पनि तालिवानीसँगको युद्धमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गत जनवरीबाट गरेपछि अफगान सुरक्षाबलमा नै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा आएको छ ।