बेलायतमा संसदीय निर्बाचन हुदै

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौं,२४ बैशाख । संसदीय प्रजातन्त्रको जननी बेलायतमा आज संसदिय निर्वाचन हुँंदैछ । ६ सय ५० सीटका लागि हुने मतदानमा कुनै पनि दलले बहुमत नल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् । मतदानको लागि देशभर ५० हजारभन्दा बढी केन्द्र तोकिएका छन् ।
झण्डै ५ करोड नागरिक मतदानको लागि योग्य रहेको बताइएको छ । वेष्टमिनिष्टरको ६ सय ५० सिट बाहेक २ सय ७९ स्थानिय निकायको लागि झण्डै ९ हजार काउन्सिल सिटको चुनाव पनि आजै हुँदैछ ।
यसैगरी विभिन्न ६ शहरमा मेयरको लागि पनि आजै मतदान हुने अधिकारीहरुले जनाएका छन् । निर्वाचनको अघिल्लो दिन हिजो पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा तान्न प्रयासरत थिए ।सत्तारुढ कन्जर्भेटिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरुनले मुलुक पांँच वर्ष अघि भन्दा मजबुद भए पनि अझै धेरै काम गर्न बांकी रहेको बताएका छन् ।
विपक्षी लेवर पार्टीका नेता इद मिलिबाण्डले आफ्नो पार्टीको विचारप्रति आशावादी रहेको भन्दै जनताले सही निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।
सन् २०१० मा भएको निर्वाचनमा प्रधानमन्त्री क्यामरुनको कन्जर्भेटिभ पार्टीले ३ सय ७ सीटमा जित हासिल गरेको थियो । विपक्षी लेबर पार्टीले भने २ सय ५८ सीट जितेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु