उत्तर कोरियाका रक्षामन्त्रीलाई मृत्युदण्ड
काठमाडौं, ३१ बैशाख । उत्तर कोरियाका रक्षामन्त्री ह्योन–योङ चोलाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ हानेर मृत्युदण्ड दिइएको छ । उत्तर कोरियाली शासक किम जोङ ऊनप्रति बफादार नभएको आरोप लगाउंदै ह्योनलाई सयौं मानिसका अगाडि मृत्युदण्ड दिइएको दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले दाबी गरेको छ ।
मृत्युदण्डको जानकारी उत्तर कोरियाली संसदलाई गराइएको थियो । रक्षामन्त्री ह्योन किमको एक सार्वजनिक कार्यक्रममा निदाएका थिए ।
उनले निर्देशन समेत पालना नगरेको आरोप लगाइएको थियो । ह्योनलाई अप्रिल ३० मा मृत्युदण्ड दिइएको दक्षिण कोरियाली गुप्तचर संस्थाले जनाइको छ ।
गत हप्ता मात्रै उत्तर कोरियाका १५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिईएको समाचार सार्वजनिक भएको थियो । सन् २०१३ मा किमले आफू विरुद्ध षड्यन्त्र गरेको आरोपमा आफ्नै फुपाजुलाई मृत्युदण्ड दिएका थिए ।- एजेन्सी