इजिप्टका अपदस्त राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं , २ जेठ । इजिप्टको एक अदालतले अपदस्त राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ । बीबीसीका अनुसार सन् २०११ मा जेलबाट भागेको आरोपमा मोर्सीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । त्यहाँको कानून अनुसार मोर्सीलाई मृत्यु दण्डको सजाय दिनुअघि न्यायाधीशले धार्मिक नेता परामर्श गर्नु पर्नेछ ।
सत्तामा रहँदा प्रदर्शनकारीहरुलाई गिरफ्तार गर्न आदेश दिएको अभियोगमा उनलाई यसअघि नै २० वर्ष जेल सजाय सुनाइएको थियो । मोर्सीलाई सेनाले २०१३ जुलाईमा अपदस्त गरेको थियो ।
त्यसलगतै उनको पार्टी मुस्लिम ब्रदरहुडमाथि प्रदवन्ध लागेको छ भने सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]