रमादी शहरका हजारौं मानिस पलायन

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडौं, ६ जेठ । इराकको रमादी शहरलाई इस्लामिक आतंकबादी समूह आइएसले कब्जामा लिएपछि हजारौं इराकी नागरिक पलायन भएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार २५ हजार सर्वसाधारण पलायन भएका हुन् । आईएसको आतंकवादी गतिविधिकै कारण यसअघि पनि इराकबाट लाखौं मानिस पलायन भइसकेका छन् ।
पलायन भएकाहरुलाई राजधानी बग्दादबाट केही किलोमिटर टाढा अस्थायी शिविर बनाई राखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
उनीहरुलाई केही राहत एजेन्सीहरुले खाना, पानी तथा औषधी बितरण गरिरहेका छन् । यता शिया समर्थित लडाकु र आइएस लडाकुबीच रमादी शहरमा भीषण संघर्ष शुरु भएको छ ।सो क्रममा दुबैतर्फबाट केही घाइते भएका छन् । आइएसले रमादी शहर नियन्त्रणमा लिई इराकी सुरक्षाफौजलाई लखेटेपछि शिया लडाकुहरु तैनाथ गरिएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]