चीनमा गोलीबारी, पाँचजना मारिए
काठमाडौं, २६ जेठ । चीनको उत्तरी खबे प्रान्तको एक गाउँमा भएको गोलीबारीको घटनामा पाँचजना मारिएका छन् । मारिनेमा दुईजना प्रहरी अधिकृत पनि रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।घटनामा दुई प्रहरीसहित पाँचजना घाइते भएका छन् । संदिग्ध बन्दुकधारी प्रहरीको कारबाहीमा घटनास्थलमै मारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।बन्दुकधारीले मानिसहरु माझ अन्धाधुन्ध गोली चलाएको बताइएको छ । बन्दुकधारी मानसिक रुपमा विक्षिप्त व्यक्ति रहेको प्रहरीको अनुमान छ । – एजेन्सी