पत्रकारलाई जलाएर हत्या गरेको आरोपमा मन्त्रीविरुद्ध मुद्दा
काठमाडौं, २७ जेठ । भारत उत्तर प्रदेशमा एक पत्रकारलाई जलाएको आरोपमा मन्त्रीविरुद्धै उजुरी परेको छ । पत्रकारलाई जलाएको आरोपमा मन्त्री राममूर्ति सिंह वर्माविरुद्ध उजुरी दर्ता गरिएको समाचार संस्था पीटीआईले जनाएको हो ।
शाहपुर जिल्लामा भएको यस घटनामा प्रहरी निरीक्षकसहित अरु चार जनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । पत्रकार जगेन्द्र सिंहको जलाएर हत्या गरेको आरोप लगाइएको हो । मन्त्रीले गैरकानूनी ढंगबाट जमीन आफ्नो कब्जामा पारेको कुरा फेसबुकमा पोष्ट गरेको निहुँमा पत्रकारको हत्या गरिएको बताइएको छ ।
जून १ मा घर खानतलासी गर्नेक्रममा पत्रकार सिंहलाई आगो लगाइएको आरोप परिवारजनले लगाएका छन् । -एजेन्सी