भारतमा सयौ गैरसरकारी संस्थाको लाइसेन्स रद्द

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । भारतमा झन्डै ४५ सय गैरसरकारी संस्थाको लाइसेन्स एकसाथ रद्द गरिएको छ ।थुप्रै खालका अनियमितता गरेको भन्दै भारत सरकारले ४ हजार ४७० संस्थाको अनुमति रद्द गरिदिएको हो । लाइसेन्स रद्द गरिएसँगै अब ती संस्थाले विदेशी दाताहरुबाट सहयोग राशी भित्र्याउन नसक्ने भएका छन् ।
लाइसेन्स रद्द गरिएकामा प्रतिष्ठित विश्वविद्यालय, सर्वोच्च अदालत बार एसोसिएसन, एस्कर्टस् मुटु अस्पताल जस्ता संस्थासमेत परेका छन् । अनुगमनका क्रममा थुप्रै अनियमितता पाइएकाले अनुमति रद्द गर्नुपरेको भारतीय गृह मन्त्रालयले जनाएको छ ।पन्जाव विश्वविद्यालय, गुजरात राष्ट्रिय विधि विश्वविद्यालय, दिल्ली गार्गी कलेजलगायत प्रतिष्ठित संस्थाले पनि अनुमति गुमाएका छन् ।
यसअघि पनि विदेशी चन्दा कानुनको प्रावधान उल्लंघन गरिएको आरोपमा भारत सरकारले नौ हजार स्वयंसेवी संस्थाको लाइसेन्स रद्द गरिदिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]