चिडियाखानामा बाढी पस्दा जनावर बाहिर निस्के

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । जर्जियाको राजधानी टिब्लिसीमा बाढीका कारण कम्तिमा १२ जनाको ज्यान गएको छ । ३ जना त्यहाँको चिडियाखानामा मृत अवस्थामा फेला परेको विविसीले जनाएको छ । चिडियाखानामा बाढी पस्दा बाघ, भालु, सिंह लगायतका केही जनावर बाहिर निस्केका छन् । जर्जिया सरकारले जनावरको आक्रमणबाट बच्न घरभित्रै बस्न सुझाव दिएको छ । जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिलीले चिडियाखानाबाट निस्केका जनावरलाई नसमातेसम्म घरभित्रै बस्न आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]