गर्मीका कारण८ सयको ज्यान गयो

२०७२ असार ९ गते, बुधबार

काठमाडौं, ९ असार । पाकिस्तानमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । कराँचीमा मात्र मर्नेको संख्या ७ सय ८० पुगेको छ ।
गर्मीले बढी प्रभावित दक्षिणी सिन्ध प्रान्तका विभिन्न स्थानामा ३० भन्दा बढीको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । कराँचीको तापक्रम ४५ डिग्रिसेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण तातो हावा ‘लू’ चलेपछि सर्वसाधारण बढी प्रभावित भएका छन् । गर्मीका कारण मृत्यु हुनेको संख्या बढेपछि आवश्यक उपाय नपनाएको भन्दै सरकारको आलोचना भएको छ । तर, मंगलबार मात्र ‘लू’का कारण मर्नेको संख्या बढ्न थालेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आपतकालीन उपाय अपनाउन निर्देशन दिएका थिए ।
गर्मीबाट राहत पाउन सहयोग पुग्ने ‘हिट स्ट्रोक सेन्टरहरु’ स्थापना गर्न सेना परिचालन गरिएको छ भने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्न पनि निर्देशन दिइएको छ । लूका कारण मर्नेहरुमा निम्न आय भएका परिवारका बृद्धबृद्धा छन् । लूका कारण बिरामी परेकाहरुको सरकारी अस्पतालाहरुमा उपचार भैरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]