दार्जिलिङमा भारी वर्षापछि पहिरो, ३० जनाको मृत्यु

२०७२ असार १६ गते, बुधबार

काठमाडौ, १६ असार ।दार्जिलिङका विभिन्न स्थानमा भारी वर्षापछि गएको पहिरोका कारण कम्तिमा ३० जनाको मृत्यु भएको छ । मिरिकमा २० जना, कालिङ्पोङ ६ जना, सुखियापोखरी र गोरुबथानमा एक–एकजनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । कालिङपोङको भित्री गाउँंमा पहिरोमा परी १५ जना बेपत्ता भएका छन् । पहिरोबाट कम्तिमा ५ हजार मानिस प्रभावित भएको जनाइएको छ ।टिस्टा र तोर्सा नदी आसपासका क्षेत्रमा ठूलो बाढाी आएपछि प्रशासनले ‘रेड अलर्ट’ जारी गरेको छ भने आपतकालीन उद्धारका लागि सेना खटाइएको छ ।पहिरोका कारण सडक मार्ग र सन्चार पूरै अवरुद्ध भएको छ । उद्धार र राहत कार्य सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]