डुंगा पल्टँदा ३६ जनाको मृत्यु
काठमाडौं, १७असार । फिलिपिन्सको ल्येते समुन्द्री तटमा यात्रुबाहक डुंगा पल्टँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।किम निर्भाना नामको उक्त डुंगामा १ सय ७३ यात्रु सवार थिए । किनारा नजिकै आउँदा मौसम खराबीका कारण डुंगा पल्टिएको अनुमान गरिएको छ । कम्तिमा ७० जनालाई उद्धार गरिएको र उद्धार जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । – एजेन्सी