चिनियाँ राष्ट्रपतिसँग मोदीको आपत्ति

२०७२ असार २४ गते, बिहीबार

काठमाडौं, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बई आक्रमणका मुख्य योजनाकार मानिएका लखवीको रिहाइ गरिएकामा पाकिस्तानमाथि संयुक्त राष्ट्रसंघमार्फत् गर्न लागिएको कारबाही रोकेकामा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग आपत्ति जनाएका छन् ।ब्रिक्स तथा संघाई सहयोग संगठनको बैठकमा भाग लिन पुगेएका मोदीले बैठकपूर्व भएको भेटमा शीसँग उक्त गुनासो गरेको भारतीय विदेश सचिव जयशंकरले जानकारी दिए ।गत महिना राष्ट्रसंघको प्रतिबन्ध समितिको बैठकमा मुम्बई आक्रमणका आरोपित जकीउर रहमान लखवीको रिहाइ गरेकामा पाकिस्तानमाथि कारबाही गर्न भारतले प्रस्ताव राखेको थियो ।यसबारे भारतले पर्याप्त सूचना र प्रमाण दिन नसकेको भन्दै चिनियाँ प्रतिनिधिले प्रस्ताव रोकिदिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]