‘इरानसँग सम्झौता हतार छैन’

२०७२ असार २५ गते, शुक्रबार

काठमाडौं, २५ असार । अमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग जारी आणविक वार्ता टुंग्याउन कुनै हतारो नभएको बताएका छन् । अमेरिकासहित विश्वका ६ शक्ति राष्ट्रले इरानसँग गरिरहेको वार्तालाई सम्झौतामा पुर्‍याउन हतारो नभएको केरीको भनाइले इरानी पक्षलाई केही राहत मिलेको छ । तर, यसो भन्दैमा सहमतिका लागि इरानलाई अनन्तकालसम्म पर्खन नसकिने पनि केरीले प्रस्ट पारेका छन् । इरानमाथि लागाइएको आर्थिक नाकाबन्दी हटाउने सयमसीमाबारे सहमति जुट्न नसक्दा अष्ट्रियाको भियनाका भएको बहुराष्ट्रिय वार्ता टुंगोमा पुगेको थिएन ।
यता, इरानका विदेशमन्त्री मोहोमद जवाद जरिफले पनि ट्वीटरमार्फत् आणविक वार्तालाई निष्कर्षमा पुर्‍याउन इरानले द्रुत गतिम काम गरिरहेको बताँउदै हतार भने नगरिएको प्रष्ट्याएका छन् ।दुबै पक्षको यो भनाइले आणविक सम्झौताको मिति अपेक्षा गरिएकोभन्दा केही पर धकेलिने संकेत गरेको छ । इरानको विवादास्पद आणविक कार्यक्रमलाई राष्ट्रसंघीय निगरान्नमा ल्याउनेबारे अमेरिका, रुस, बेलायत, जर्मनी, फ्रान्स र संयुक्त राष्ट्रसंघका नेताहरुले इरानसँग वार्ता गरिरहेका छन् ।आणविक सम्झौत भएको खन्डमा इरानमाथि लगाइएको नाकाबन्दी क्रमशः हटाइँदै लगिनेछ । तर, इरानसँग जारी वार्ताप्रति इजरेल, साउदी अरबियालगायत मध्यपूर्व तथा खाडीका केही राष्ट्रहरुले भने आपत्ति जनाँउदै आएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]