३३ दिनदेखि बेपत्ता विमानको अवशेष भेटियो
काठमाडौ, २६ असार । ३३ दिनदेखि बेपत्ता डोर्नियर विमानको अवशेष भेटिएको छ । भारतीय तटरक्षक टोलीले चिदम्बरम–कड्डालोर नजिकै सो विमानको अवशेष फेला पारेको हो । भारतीय तटरक्षकको सो विमान ८ जुनमा तमिलनाडुको तटीय क्षेत्र नजिकै उडानका क्रममा वेपत्ता भएको थियो । सो विमानमा चालक दलका सदस्यसहित तीन तटरक्षक अधिकारी सवार थिए । अधिकारीहरुका अनुसार सो विमानको अवशेषसँगै फ्लाइट डाटा रेकर्डर पनि शुक्रबार अबेर फेला परेको छ । विमान बेपत्ता भएदेखि नै यसको खोजीमा कयौं विमान, नौसेना र तटरक्षक समूहका जहाज परिचालन गरिएको थियो । – एजेन्सी