आइएसका कमाण्डर मारिए

२०७२ असार २७ गते, आईतवार

काठमाण्डौ ,२७ असार । अफगानिस्तानमा इस्लामिक अतिवादी संगठन आइएसका कमाण्डर ड्रोन हमलामा मारिएका छन् ।अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएको ड्रोन हमलामा आइएस कमाण्डर हाफिज सइद मारिएको दाबी अफगान सरकारले गरेको छ ।
हाफिजसँगै यो साता मात्रै तीन जना आइएस कमाण्डर मारिएका हुन् । आइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेकाहरुको हत्या गरेको भिडियो सार्वजनिक गरेपछि इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण तीब्र पारेका हुन् । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]