नाइजेरियाका तीनवटै सेना प्रमुख बर्खास्त

२०७२ असार २९ गते, मंगलवार

काठमाडौँ, २९ असार । नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीले देशका तीनवटै सेना प्रमुख बर्खास्त गर्नुभएको छन।जेरियाको स्थल सेना, जलसेना तथा हवाई सेनाले बिद्रोही समुह बोको हरामलाई नियन्त्रण गर्न नसकेको भन्दै तीनवटै सेना प्रमुखलाई पदबाट बर्खास्त गरिएको हो ।
राष्ट्रपति बुहारीले नयाँ सेना प्रमुखमा टुकुर युसुफ बुराटी र राष्ट्रिय सुरक्षा सल्लाहकारमा बाबागाना मोङ्नोलाई नियुक्त गर्नुभएको छ । दुबैजना ईस्लामिक विद्रोही समुह बोको हरामको उद्गमस्थल बोर्नो राज्यका निवासी हुनुहुन्छ ।
सुरक्षा प्रमुखमा नयाँ नियुक्तिसँगै नाईजेरियाको ईस्लामिक अतिवाद परास्त हुने दावी गरिएको छ । नाईजेरियामा पछिल्लो केही साता बोको हरामले गरेको शृङ्खलाबद्ध छापामार आक्रमणमा २ सय ५० जनाले ज्यान गुमाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]