अमेरिकी सैनिक केन्द्रमा बन्दुकधारीको आक्रमण
काठमाडौं, १ साउन । अमेरिकाको एक नौसैनिक केन्द्रमा भएको बन्दुकधारी आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । सैनिक केन्द्र र जलसेनाको भवनमा केन्द्रित भएको आक्रमणमा अन्य केही घाइते भएका छन । २४ वर्षे कुबेती नागरिक युसुफ अब्दुल अजिजले आक्रमण गरेको बताइएको छ । उनी केही वर्षदेखि अध्ययनका लागि अमेरिकामा बस्दै आएका थिए । सेनाको जवाफी कारबाहीमा उनको पनि मृत्यु भइसकेको छ । आक्रमणलाई घरेलु आतंकवादसँग दाँजेर छानबिन थालिएको छ ।
यसैबीच, अमेरिकी अधिकारीहरुले भने आक्रमण सुनियोजित हुन सक्ने भन्दै ‘आइएस’ वा अन्य विद्रोही समूहको संलग्नताबारे अनुसन्धान भइरहेको बताएको छ । आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।- एजेन्सी