रेल ठोक्किँदा ३०० जना घाइते
काठमाडौं, २ साउन । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा दुईओटा ‘रेल’ एकापसमा ठोक्किँदा तीन सयजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई रेल एकापसमा ठोक्किएर ‘लीक’ बाहिर उछिट्टएका थिए । रोकिइरहेको रेलमा गुडिरहेको रेल आएर ठोक्किएको बताइएको छ ।- एजेन्सी