ब्राजिलमा सृंखलाबद्ध हत्या
काठमाडौं,५ साउन । ब्राजिलको मनौस सहरमा तीन दिनमा ३५ जनाको हत्या भएको छ । शुक्रबार रातिदेखि सोमबारबीचमा भएका यस घटनाको कारण खोजी भइरहेको त्यहाँको प्रशासनले जनाएको छ । एक पुलिसकर्मीको बैंक बाहिर गोली हानेर हत्या गरेलगत्तै श्रृंखलाबद्ध हिंसाको खबर आएको हो । हत्या लागूऔषध माफियाको ग्याङवारको कारण हुनसक्ने अनुमान सुरक्षा अधिकारीको छ । पुलिस हत्याको बदलास्वरुप केही प्रहरीले नै यो घटना गराएको हुनसक्ने आशंका पनि उनीहरुको छ । मारिने अधिकांश लागूऔषध कारोवारसँग जोडिएकाहरु रहेको पनि प्रहरीले जनाएको छ । घटना सहरको अलग–अलग स्थानमा एकै समयमा भएको पनि बताइएको छ । – एजेन्सी