कलामको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिंदै

२०७२ श्रावण १४ गते, बिहीबार

काठमाडौ, १४ साउन । भारतीय पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको आज राजकीय सम्मानका साथ अन्तेष्टि गरिँदैछ । पैतृक सहर रामेश्वरममा कलामको अन्तिम संस्कार गरिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्त्येष्टि स्थल रामेश्वरममा आज बिहानैदेखि स्थानीय बासिन्दाहरुको भीड लागेको छ ।
भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको सम्मेलनमा बोल्दा बोल्दै बेहोस भएका कलामको उपचारका क्रममा सिलोङ्गमा सोमबार निधन भएको थियो । कलामको पार्थिव शरीरलाई विशेष विमानमाार्फत् दिल्ली ल्याइएपछि राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिनुभएको थियो ।
पूर्वराष्ट्रपति कलामको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ८३ वर्षीय कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बन्नु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]